धनगढी – कैलाली निर्वाचन क्षेत्र नं. ५ मा काँग्रेसका डिल्लीराज पन्तले अग्रता कायमै राखेका छन् ।
यस्तै नेकपा एमालेका नारदमुनि रानाले मतान्तर बढाउन थालेका छन् ।
पछिल्लो मत परिणाम अनुसार ३६ हजार २४९ मत गणना हुँदा काँग्रेसका पन्तले ११ हजार ८५४ मत पाएका छन् भने मालेका उम्मेदवार रानाले १० हजार १९६ मत छ। उनीहरूबिच अहिले एक हजार ६५८ मतान्तरको फरक छ ।















