बैतडी- बैतडीबाट प्रतिनिधि सभा सदस्य पदमा एमालेका दामोदर भण्डारी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुवँरलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।
भण्डारीले ३३ हजार ६११ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी कुवँरले ३२ हजार ८० मत पाएका छन । यसअघि भण्डारीले २०७० र २०७४ मा पनि जितेका थिए ।













