धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् ।
सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका देउवा ९ हजार ५ सय ९१ मतसहित विजयी भएका हुन् । नेकपा एमालेका दुर्गाप्रसाद जोशीले ६ हजार ३ सय ५१ मत पाए । नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले ४ हजार ३ सय ५८ मत पाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले ३ हजार ४ सय २२ र कांग्रेसबाट बागी उम्मेदवारी दिएका क्षीतिज भण्डारीले ३ हजार १ सय ८२ मत पाए ।















