धनगढी- कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली काँग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार पन्तले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नारदमुनि रानालाई ९५८ मतान्तरले पराजित गरेका हुन् ।
पन्तले २० हजार ५९७ मत प्राप्त गरे रानाले १९ हजार ६३९ मत पाए । स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझाले ८ हजार १९८ मत पाउदै तेस्रो भएका छन् ।
स्वतन्त्र उम्मेदवार जगदीश चौधरीले ६ हजार ६१९ र राष्ट्रिय स्वतन्त्र पार्टीका ईश्वरी विष्टले ३ हजार ३६२ मत प्राप्त गरे । क्षेत्र नं. ५ मा जम्मा ६५ हजार ६१३ मत खसेको थियो ।















