• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

कैलालीका ५ मध्ये ३ क्षेत्रमा नागरिक उन्मुक्तिको कब्जा

  •   शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित

धनगढी– कैलालीका पाँच निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्रमा नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टीले कब्जा जमाएको छ । टीकापुर हत्याकाण्डमा जेल सजाय भोगिरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्तिले पहिलोपटक प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा भाग लिएको हो । पार्टीले यसअघि वैशालमा भएको स्थानीय तहमा निर्वाचनमा पनि भाग लिँदै जिल्लामा सबैभन्दा बढी स्थानीय तहमा विजय प्राप्त गरेको छ ।

यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि कैलालीका पाँचमध्ये क्रमशः क्षेत्र नम्बर १, २ र ३ मा नागरिक उन्मुक्तिका उम्मेदवार विजयी भएका छन् । नागरिक उन्मुक्तिले विजय प्राप्त गरेका तीन वटा क्षेत्रका ६ प्रदेशसभामध्ये कैलाली निर्वाचन क्षेत्र २ को ‘ख’ मा बाहेक सबै क्षेत्रमा विजय प्राप्त गरेको छ ।
क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीलाई १२ हजार ३२३ मतको फराकिलो अन्तरले हराउँदै विजयी हाँसिल गरिन् । रञ्जिताले ३० हजार ४०४ र रामजनमले १८ हजार ८१ मत पाए ।

यो क्षेत्रको प्रदेश ‘क’मा पनि नागरिक उन्मुक्तिका कैलाश चौधरी विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट माओबादी केन्द्रका दीर्घ बिनाडीलाई पराजित गरे ।
प्रदेश ‘ख’ मा नागरिक उन्मुक्तिकै लक्ष्मणकिशोर चौधरीले गठबन्धनबाट नेपाली कांग्रेसका डा। रणबहादुर रावललाई पराजित गरेका छन् ।
क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्तिका उम्मेदवार अरुण चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट रावललाई ५ हजार ७४३ मतले पराजित गरे । चौधरीले २१ हजार ८७१ मत ल्याए भने रावलले १६ हजार १२८ मत प्राप्त गरे । यस क्षेत्रको प्रदेश ‘क’मा भने नागरिक उन्मुक्तिका रतन थापा पराजित बनेका छन् । यहाँ नेपाली कांग्रेसका कमल शाह विजयी भएका छन् ।

प्रदेश ‘ख’ नागरिक उन्मुक्तिका रामेश्वर चौधरी विजयी भएका छन् । उनले नेकपा एमालेका डेजी पाण्डेलाई पराजित गरे ।
क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्तिकै गंगाराम चौधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेकपा माओबादी केन्द्रका कृष्णकुमार चौधरीलाई ५ हजार ३७१ मत अन्तरले पराजित गरे । गंगारामले २३ हजार १२० मत ल्याए भने कृष्णकुमार १७ हजार ७४९ मत ल्याए ।
यो क्षेत्रको प्रदेश ‘क’मा नागरिक उन्मुक्तिका घनश्याम चौधरी विजयी भएका छन् । उनले गठबन्धनबाट कांग्रेसका खेम डगौरा थारुलाई पराजित गरे । यस्तै प्रदेश ‘ख’मा खुशिराम चौधरी विजयी भएका छन् । उनले गठबन्धनबाट एकीकृत समाजबादीका अमर साउँदलाई पराजित गरे ।

जिल्लाका बाँकी दुई निर्वाचन क्षेत्र ४ र ५ मा गठबन्धनको नेपाली कांग्रेसका उम्मेदवारले विजय प्राप्त गरेका छन् । यी दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लेखराज भट्टलाई २ हजार ६०७ मतले पराजित गरे । बलायरले २६ हजार २२० र भट्टले २२ हजार ६१३ मत ल्याए ।
क्षेत्र नम्बर ४ ‘क’मा नेकपा एकीकृत समाजबादीका दीर्घ सोडारी विजयी भएका छन् । उनले एमालेका भीम देउवालाई पराजित गरे । प्रदेश ‘ख’मा नेपाली कांग्रेसका प्रकाश बम विजयी भएका छन् । उनले एमालेका हरिसिंह साउँदलाई पराजित गरे ।

प्रदेश नम्बर ५ मा गठबन्धनबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् । उनले उनले एमालेका उम्मेदवार नारदमुनी रानालाई १ हजार ७१ मतको अन्तरले पराजित गरे । पन्तले २१ हजार ३९२ र रानाले २० हजार ३१८ मत प्राप्त गरे ।
यस क्षेत्रको प्रदेश ‘क’ मा माओवादी केन्द्रका रमेश धामीले एमालेका नेपालु चौधरीलाई पराजित गरे भने प्रदेश ‘क’मा कांग्रेसका प्रकाशबहादुर देउवाले एमालेका दुर्गा जोशीलाई पराजित गरे ।

  • उन्मुक्तिको कब्जा
शुक्रबार, मङि्सर ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ४ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.