धनगढी – आठौँ उद्योग दिवसमा विविध कार्यक्रम गरी सम्पन्न भएको छ । ‘औद्योगिक लगानी र पूर्वाधार समृद्र्धिको बलियो आधार’ भन्ने मुल नाराका साथ शुक्रबार धनगढीमा दिवस मनाईएको हो । सुदूरपश्चिम प्रदेश सरकार उद्योग पर्यटन तथा वन वातावरण मन्त्रालय, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालयको संयोक्त आयोजनामा कार्यक्रम भएको हो ।
२०७२ साल देखि उद्योग दिवस मनाउन सुरु गरिएको हो । धनगढीमा दिवसको अवसरमा अन्तरक्रिया र लघु घरेलु तथा साना उद्यमीहरुका उत्पादित सामग्रीहरुको प्रदर्शनी गरेको हो ।
उद्योग, पर्यटन तथा वन वातावरण मन्त्रालयका सचिव बेदकुमार ढकालको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख कोमलप्रसाद ओझा लगायत विभिन्न उद्योमीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निमित्त सचिव धर्मराज जोशीले गरेका हुन् ।













