रूपन्देही २ मा नेकपा एमालेका विष्णु पौडेल निर्वाचित भएका छन् । पौडेलले २७ हजार १४७ मत प्राप्त गर्दै रूपन्देहीबाट चौथोपटक विजयी भएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पोडेलले २५ हजार ७८१ मत पाएर दोस्रो भएका छन् ।
१३ सय ६६ मतान्तरमा पौडेल निर्वाचित भएका हुन् । राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापाले २२ हजार ८ मत प्राप्त गरे ।













