धनगढी- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज पश्चिमी उच्च पहाडी भू-भागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा दिउँसो आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।















