काठमाडौँ- प्रतिनिधिसभा समानुपातिकतर्फ जारी मत गणनामा जनमत पार्टीले थ्रेसहोल्ड कटाएको छ। यो खबर लेख्दासम्म उसले ३ लाख २० हजार २ सय ४८ मत ल्याएको हो। निर्वाचन आयोगको प्रारम्भिक आकलनअनुसार कूले सदर मतको ३ प्रतिशत ३ लाख २० हजार हुन्छ। यसलाई थ्रेसहोल्डको सीमा मानिएको छ।
जनमत पार्टीले समानुपातिक मत ३ लाख २० हजार कटाएसँगै प्रत्यक्षतर्फ एक सिट जितेको ऊ राष्ट्रिय दल बन्ने पक्का भएको छ। योसमेत राष्ट्रिय दल बन्ने पार्टीको संख्या ७ पुगेको छ।













