काठमाडौं- सप्तरीमा एक पुरूषको हत्या गरेको अवस्थामा शव फेला परेको छ। मंगलबार बिहान सवा ७ बजे कञ्चनरूप नगरपालिका-१ बैरवा मुसहरी टोल बस्ने ५० वर्षीय पप्पु भन्ने सञ्जय राउतको हत्या भएको हो।
उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए। उनको शव घरबाट डेढ सय मिटरमा रहेको एक पोखरीको डिलमा शव फेला परेको हो।
बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। घटनाको थप अनुसन्धान भइरहेको छ ।













