जाजरकोट- भेरी नदीमा पानी भर्ने क्रममा चिप्लिएर खस्दा बेपत्ता भएकी महिलाको मृत्यु भएको छ । भेरी नगरपालिका –१ रावतगाउँ निवासी ५२ वर्षीया दुर्पता खत्री नदीमा बगेर मङ्गलबार बेलुका बेपत्ता भएकी थिइन् ।
स्थानीय मधुकर नेपालीका अनुसार नजिकै रहेको तरकारी बारीमा सिंचाइका लागि भेरी नदीबाट पानी बोकेर सिंचाइ गर्नका लागि पानी भर्ने क्रममा उनी नदीछेउमै चिप्लिएर बेपत्ता भएकी थिइन् ।
बगेको केही समयपछि खोजतलास गर्ने क्रममा करिब १५ किलोमिटर टाढा भेरी नदीछेउमा उनको शव फेला परेको स्थानीयले बताएका छन् ।















