कपिलवस्तु- कपिलवस्तुको विजयनगर गापा वडा नं ३ की वडा सदस्य माधुरी लोहारको निधन भएको छ। अत्यधिक पेट दुख्न थालेपछि शिवराज अस्पतालमा उपचारका लागि पुगेकी लोहारलाई अत्यधिक रक्तस्राव भएपछि बुटवल रिफर गरिएको थियो।
उनको पेटमा आठ महिनाको गर्भ रहेको बताइएको छ। बुटवलमा उपचारका क्रममा उनको निधन भएको बताइएको छ। सदस्यको निधन भएपछि गापाले आइतवार सार्वजनिक बिदा दिएको छ। गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा उनी जनता समाजवादी पार्टीबाट दलित सदस्यमा निर्वाचित भएकी थिइन्।















