काठमाडौं – नुवाकोटमा भरुवा बन्दुक दुईथान र एक किलो बारुदसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवपुरी गाउँपालिका–३, नयाँगाउँ नन्दी बस्ने ६० वर्षीय हर्कबहादुर तामाङ छन् ।
शुक्रबार दिउँसो प्रहरीले तामाङलाई सो बन्दुक र बारुदसहित नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रहरीचौकी पाटीभञ्ज्याङबाट खटिएको टोलीले उनको घर तलासी गर्दा लोड गरी राखिएको उक्त बन्दुक र बारुद फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।













