अछाम- अछाममा बदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।जिल्लाको मेल्लेख गाउँपालीका वडा नम्बर ६ शोडषाका ४० बर्षिय केशर बोहराको मृत्यु भएको हो । बोहरालाई शनिबार बिहान घर नजिकै बदेलले आक्रमण गरेको मेल्लेख गाउँपालीका उपाध्यक्ष निर्प खड्काले बताए ।
बँदेलकको आक्रमणबाट घाइते बोहराको उपचारको क्रममा बयालपाटा अस्पतालमा मृत्यु भएको उनले बताए । मृतक बोहरा मेल्लेख गाउँपालीकाको कार्यालय सहयोगी पदमा कार्यरत थिए ।













