काठमाडौं – इलाम २ मा पुनः मत गणना माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।
धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको दाबी गर्दै खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन्।
रिटमा मतगणनाका क्रममा निर्वाचन कार्यालयका गणकले रुख चिह्नको मत बदर गर्ने, सूर्य चिह्नको बदर मतलाई सदर गर्ने, मतपेटिका लामो समयसम्म बेपत्ता पार्ने, सुरक्षाकर्मी र दलीय जनप्रतिनिधिलाई साथमा नलगी घन्टौं मतपेटिका अन्यत्र राखी धाँधली गरी एमाले उम्मेदवार नेम्वाङलाई जबर्जस्ती विजयी बनाएको दाबी गरिएको छ।













