धनगढी- कैलाली उद्योग वाणिज्य संघको आयोजनामा संचालित १६ औँ संस्करणको सुदूरपश्चिम महोत्सव २०७९ मा आज चर्चित गायक टंक तिमिल्सिना र प्रताप दास आउँदै छन् ।महोत्सवको आज तेस्रो दिन उनीहरुको बेजोड प्रस्तुती रहने कैलाली उद्योग वाणिज्य संघका सदस्य मिलन कुँवरले जानकारी दिए ।
शनिबार राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने कलाकार संयोजक समेत रहेका कुँवर बताए । यसअघि शुक्रबार लोक दोहरी गायक रामजी खाँड, मन्जु पौडेल र बादल थापा आफ्नो बेजोड प्रस्तुती राखेका थिए । सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ।















