काठमाडौं- देशभर चिसो बढेको छ । दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढ्ने छ ।
महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई/मधेशका जिल्लाहरुमा हुस्सु र कुहिरो लाग्न थालेको छ । हुस्सु र कुहिरो मध्याह्नसम्ममा भने क्रमिक रुपमा हट्दै जाने गरेको महाशाखाले जनाएको छ ।
विहानीपख हुस्सुरकुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।















