धनगढी– मालिकार्जुन दार्चुला सेवा समितिले बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।
सेवा समितिले आगामी पुष ९ गते विहान ८ बजे धनगढी-५ तारानगर स्थित आफ्नै कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।
समितिले यस पटकसहित पाचौं पटक बृहत् रक्तदान कार्यक्रम आयोजना गर्न गइरहेको समितिका अध्यक्ष महेन्द्र पन्तले बताए । मालिकार्जुन दार्चुला सेवा समितिले यसरी विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । 













