धनगढी – सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै नेत्रविक्रम चन्द विप्लवले नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोडाघोडीमा राँके जुलुस निकालेको छ । केन्द्रीय कार्यक्रमअनुसार सोमबार घोडाघोडी नगर कमिटीले राँके जुलुस निकालेको हो ।
राँके जुलुसका सहभागीहरुले अध्यादेश प्रमाणीकरण हुनुपर्ने, बन्दीहरू रिहा गरिनुपर्ने, सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गरिनुपर्ने माग गरेका छन् ।
उनीहरुले राजबन्दी रिहा गर, अध्यादेश प्रमाणीकरण गर, तीन बुँदे सहमति कार्यान्वयन गर, झूटा मुद्दा खारेज गरलगायतका नाराहरूसमेत लगाएका थिए ।















