धनगढी- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्यमा कैलालीबाट घनबहादुर शाह र दिनेश भण्डारी मनोनित भएका छन् । बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रको समूहबाट केन्द्रीय सदस्यमा मनोनित भएका ४० जनामध्ये शाह र भण्डारीको नाम पनि समेटिएको हो ।
शाह पूर्व पत्रकार हुन् भने भण्डारी कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएका शाहले भने आफूलाई त्यसबारे जानकारी नभएको बताएका छन् । ‘म धनगढीमै छु, मलाई थाहा छैन,’ उनले भने, ‘एकपटक रवीन्द्र मिश्रलाई सोध्नुहोस् ।’
यसअघि साझा विवेकशीलमा रहेका भण्डारीले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका थिए । अहिले मिश्र राप्रपामा गएसंगै उनको नाम पनि राप्रपाको केन्द्रीय सदस्यमा समेटिएको हो ।















