काठमाडौं- रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचित प्रभु शाहले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाहले आज पत्रकार सम्मेलनमार्फत पार्टी घोषणा गर्न लागेका हुन् ।
साह निकट एक नेताकाअनुसार आजै पार्टी घोषणा गरिँदैछ । स्रोतका अनुसार साहले ‘आम जनता पार्टी’ घोषणा गर्ने भएका हुन् । सो पार्टीमा प्रभु शाह समूहबाट किरण साह र सर्लाहीबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गरिरहेका अमरेशकुमार सिंह समेत जोडिने बताइएको छ ।
यसअघि साहले नयाँ पार्टीको नाम एकीकृत कम्युनिस्ट पार्टी, समाजवादी पार्टी नेपाल, प्रोग्रेसिभ पार्टी लगायत नाममा छलफल भए पनि आम जनता पार्टी नाम हुन सक्ने सम्भावना रहेको बताएका थिए ।















