धनगढी- धनगढीको मिश्र जनरल स्टोरले दशै–तिहार तथा छठ २०७९ धमाका अफर अन्तर्गत सुदूरपश्चिमका १७ जना व्यवसायीहरुलाई पुरस्कृत गरेको छ । स्टोर धनगढीले यही असोज १ देखि कात्तिक १५ गतेसम्म सञ्चालित बम्पर धमाका अन्तर्गत व्यवसायीलाई पुरस्कृत गरेको हो ।
धनगढीमा शनिवार पुरस्कार वितरण तथा ग्राहक अन्तरक्रिया कार्यक्रम २०७९ प्रथम संस्करणको आयोजना गर्दै स्टोरले विजयी १७ जनालाई गिजर, कुलर र यसी वितरण गरेको छ । यसै अवसरमा मिश्र जनरल स्टोरले यसअघि प्यानाल्टी सुटआउट प्रतियोगिता पनि गरेको थियो ।
धनगढीमा वि.स. २०४२ सालमा सानो खोकाबाट सुरु गरिएको व्यवसाय ६० बाट मिश्र जनरल स्टोरका नामबाट होलसेल व्यापारका रुपमा स्थापित रहेको सञ्चालक प्रसान्त मिश्रले बताए ।















