कैलाली । कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक १०ः३० मा हुने भएको छ ।आज बिहान ८ बस्ने भनिएको बैठक सरेको हो ।
बिहान केही प्रदेश सभा सदस्यहरू संसदीय दलको कार्यालयमा उपस्थित भइसकेका थिए । तर, संसदीय दलका नेता कमल शाहले बैठक १०ः३० मा हुने बताएपछि उनीहरु पनि फर्किए ।
आज मुख्यमन्त्रीको दाबी गर्ने र सभामुखको मनोनयन गर्ने अन्तिम दिन हो ।













