• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ५. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ९. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • १०. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

दाईले सिकाएको राजनीतिकले डोर्‍यायो मुख्यमन्त्रीको कुर्सी

  •   बिहिबार, पुष २८, २०७९ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र सिंह रावल नियुक्त भएका छन् । सत्ता गठबन्धन दलको सहमति अनुसार सुदूरपश्चिम प्रदेश एमालेको भागमा परेपछि एमाले संसदीय दलका नेता रावलले मुख्यमन्त्री हुने अवसर पाएका हुन् । बहुमतसहित मुख्यमन्त्रीको दाबी पेश गरेका उनलाई बुधबार प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्रीमा नियुक्त गरे ।

को हुन् राजेन्द्र सिंह रावल ?
सुदूरपश्चिम प्रदेशको दोस्रो मुख्यमन्त्रीमा नियुक्त रावल बैतडीको दशरथचन्द नगरपालिकाको मारकण्डमा वि.स. २०२१ जेठ १६ गते जन्मिएका हन् । बुवा दानसिंह रावल र आमा कमलादेवी रावलको कोखबाट माइला छोराका रुपमा उनको जन्म भएको हो । उनका बुवा दानसिंह इन्डियन आर्मीमा कार्यरत थिए । उनको बाल्यकाल पनि भारतमै बित्यो । उनका बुवाले उनलाई भारतममै लगेर हुर्काए र त्यहीँ पढाए । उनले भारतका विभिन्न विद्यालयहरुमा अध्ययन गरे ।

भारतकोे सिलोङ, जबलपुर, ठुलीगाड हुँदैपछि उनले आफ्नो निम्न माध्यामिक शिक्षा भारतको तत्कालिन आर्मीका विद्यार्थीहरु पढ्ने सेन्ट्रल स्कुल केन्द्रीय विद्यालयबाट लिए । यद्यपि उनले एलएलसी भने नेपालबाट दिएका थिए । उनले एलएलसी बैतडीको शाहीलेक बिरेन्द्र माध्यामिक विद्यालयबाट उत्तीर्ण गरे । ‘इन्टर लेभल’को पढाई भारतको पिलिभितबाट पूरा गरे । स्नातक हतको पढाई पुनः नेपाल आएर गरे । उनले सिद्धनाथ बहुमुखी क्याम्पसमा स्नातक तह उत्तीर्ण गरेका हुन् । सोही क्याम्पसमा पढ्दै गर्दा उनी राजनीतिमा प्रवेश गरे ।

प्रेरणाको स्रोत आफ्नै दाई
उनी राजनीतिमा आउने मुख्य प्रेरणाको स्रोत भने उनका आफ्नै दाई रामसिंह रावल हुन् । उनका दाई तत्कालिन नेकपा पुष्पलाल समूहका केन्द्रीय सदस्य थिए । उनका दाईले पनि तत्कालिन समयमा ६ वर्ष जेल जीवन काटेका थिए । देशका लागि लड्दै गर्दा जेल जीवन काटेर पनि दाईले कहिल्यै पद र पुरस्कार नपाएको उनी सम्झन्छन् । उनका दाईको दुई वर्षअघि निधन भइसकेको छ ।

तत्कालिन समयमा उनका दाई रामसिंहले ‘मुक्ति मोर्चा’ भन्ने किताव पढ्न दिएका थिए उनलाई । सोही किताव पढेर उनी राजनीतितिर आकर्षित भएका थिए । सोही किताबले उनलाई राजनीति सिकायो । सोही किताबले डोर्याएको बाटो हिँड्दा अहिले उनी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको कुर्सीमा आसिन हुन पुगेका छन् ।

उनलाई राजनीतिमा लाग्न उत्प्रेरणा दिने अर्का व्यक्ति थिए उर्वादत्त पन्त । जसलाई उनी गुरु पनि मान्छन् । उनकै प्रेरणाले उनी अनेरास्ववियूमा आबद्ध भएका थिए । त्यसपछि उनी २०३९ देखि ०४२ सम्म अनेरास्ववियुमा आबद्ध भए । २०४४ सालतिर उनी बैतडीबाट कञ्चनपुर सरे । त्यसपछि उनले शिक्षण पेशा र पढाईलाई संगसंगै अगाडि बढाए ।

कञ्चनपुर पुगेपछि उनी पार्टीमा सक्रिय भएर लागे । दलमा आबद्ध भएर नगर कमिटी सदस्य भए । त्यसपछि मदन भण्डारी नेतृत्वको नेकपा माले पार्टीमा लागेर पार्टीको जिल्ला कमिटी संगठनको सदस्य भए । यसरी काम गर्दै जाँदा उनी विद्यार्थी फाँटको इन्चार्जसमेत भए । क्याम्पसमा भर्ना भएपछि उनी विद्यार्थी उत्साहित गर्ने उद्देश्यले शिद्धनाथ बहुमुखी क्याम्पसमा गएर एमालेको भातृ संगठन पाँचौको जिल्ला अधयक्ष भए । यसरी अगाडि बढ्ने क्रममा जिल्ला कमिटीको सदस्य र पछि गएर अनेरास्ववियुको नेता भए ।

माले पार्टीबाट नेकपा एमाले भइसकेपछि उनी २०५१ सालमा पहिलो जिल्ला अधिवेशनबाट निर्वाचित भए । जिल्ला संगठन कमिटीको प्रमुखमा रहेर काम गरे । त्यसबेला गाउँ जागरण अभियान चलाइयो । तत्कालिन महाकाली अञ्चलनका चारवटै जिल्लामा चलाइएको अभियानमा उनले एक उत्प्रेरकको भूमिका निर्वाह गरे । जसमा उनीलगायत चार/पाँच जनाले काम गरे ।

त्यसपछि उनी जिल्लाको उपसचिव र दुई कार्यकाल जिल्ला कमिटीको सचिवको रुपमा काम गरे । त्यसपछि उनले अञ्चल कमिटीको सदस्य हुँदै सचिवको रुपमा काम गर्ने अवसर प्राप्त गरे । त्यस पश्चात उनले केन्द्रीय कमिटीको सदस्य र सुदूरपश्चिम प्रदेश कमिटीको सचिवको रुपमा काम गर्दै गर्दा डडेल्धुराको ईन्चार्जको रुपमा पनि काम गरे ।

दोस्रोपटक जनप्रतिनिधि
राजेन्द्र रावले अहिले पार्टीको पोलिटब्युरो सदस्य हुनुका साथै सुदूरपश्चिम प्रदेशको सह–इन्चार्जको भूमिकामा छन् । जनप्रतिनिधिको हैसियतका रुपमा उनले पहिलो पटक २०५४ सालमा जिल्ला विकास समितिको उपसभापति भएर काम गरेका थिए । २०६२/६३ को जनआन्दोलनको बेला कञ्चनपुरबाट त्यसको अगुवाइ गर्ने काम पनि गरे । महाकालीको आन्दोलनका बेला उनलाई सार्वजनिक अपराधमा जेल हालियो । उनले १५ दिनसम्म जेलमा बस्नुपर्ने स्थिति आयो ।

उनले आफ्नो जीवनमा दुइवटा पुस्तक लेखेका छन् । उनका पुस्तकहरु तत्कालिन डोटी राज्यको मध्यकालिन इतिहास ‘१२ सय ३५ देखि लिएर १७ सय १२’ र ‘द इको पावर अफ प्यासन’ रहेको छ । मध्यकालिन डोटी राज्यको समाज र संस्कृति, इतिहास, संस्कृति, आर्थिक, कर प्रणालीलगायतका विषय समेटिएका छन् ।

पोलिटीकल स्कुलिङका लागि उनले एक महिनासम्म ब्राजिलको एफकोला स्कुलमा गएर माक्सबाद अध्ययन गरेका छन् । उनी एसियाली समाजवादी संगठन र विभिन्न जनसंगठनहरुमा आबद्ध भएका छन् । नेपाल राष्ट्रिय शिक्षा संगठनमा पनि बसेर उनले काम गर्ने अवसर पाएका छन् ।

मुख्यमन्त्री नियुक्त भइसकेपछि उनले सबै दललाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । जनता केन्द्रीत न्युनतम साझा कार्यक्रम ल्याउने उनको भनाइ छ । शिक्षा, ,स्वास्थ्य, रोजगारलाई विशेष जोड दिने उनी बताउँछन् ।

  • राजेन्द्र रावल
बिहिबार, पुष २८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड
चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

समाचार

सबै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ५.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.