धनगढी – नेपाली प्रवासी परिवार मुम्बई महाराष्ट्र भारतको अध्यक्षमा मीन बहादुर कुँवर चयन भएका छन्। आईतबार भारतको मुम्बईमा भएको नेपाली प्रवासी परिवारको कार्यक्रममा मुम्बई महाराष्ट्र भारतका अध्यक्षमा कुँवर चयन भएका हुन्। कुँवरको अध्यक्षमा १५ सदस्यीय समिती चयन गरिएका छन्।जसको उपाध्यक्षमा माया सिँह, सचिवमा हेमराज सुनार, कोषाध्यक्षमा गरिमा आरोभ चयन भएका छन् । यस्तै सदस्यहरुमा शंकर सिंह, भगत सिंह, बन्टि सिंह, सागर दर्जी, निलेश परियार, सागर सिंह, रमा सुनाम, रेखा परियार, शिवा आउजी, हेमराज सुनार, हिक्मत ढकाल चयन भएका छन्। नेपाली प्रवासी परिवारको कार्यक्रममा प्रमुख अतिथी नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेशका सयोजक खडक नागरी रहेका थिए ।
विशिष्ट अथितिमा पिस फोर्सका युवा नेता अजय जैरु समाजसेवी मोति बिश्वकर्मा अथिति हेमराज सुनार लगायतका नेता कार्यक्रताहरु सहभागीता रहेको थियो।परिवार दलका सयोजक खडक नागरीले मुम्बई अधेरीमा नेपाली प्रवासीको पहिलो पटक कार्यक्रम हुदा यश क्षेत्रका नेपालीहरु निकै खुसी भएको बताए।
कार्यक्रममा बोल्दै प्रवासमा बस्ने नेपालीहरुलाइ हाम्रो पार्टी नेपाल परिवार दलले नेपालमै नेपालीहरुलाइ रोजगारको सृजना गर्ने बारेमा बताए। उनले नेपाल परिवार दलको संगठन संख्यमा थारै भएपनि अन्तराष्ट्रिय स्तरमा राम्रो पहुँच भएको बताए। परिवार दल सुदूरपश्चिम संयोजक नागरीले भारतमा नेपालीहरुलाई कुनै पनि समस्या पर्दा नेपाली प्रवासी परिवार एउटा अभिभावकको भुमिका निभाउने र नेपालीहरुलाइ कामको आधारमा नेपालमा रोजगारको ब्यवस्था गर्ने भन्दै परिवार दल सधै प्रवासमा बस्ने नेपालीहरुको पक्षमा उभिने बताएका छन्। जुन १५ सदस्यीय समितिले मुम्बईमा बिभिन्न कसिमका साँस्कृतिक कार्यक्रम गर्ने र यशबाट उठेको लेबिबाट पार्टीलाई सहयोग गर्ने नेता नागरीले बताए।
यस्तै नेपाली प्रवासी परिवारका सल्लाहकार मोति बिश्वकर्माले यश क्षेत्रमा परिवार दलले नेपालमा राहत वितरण ग¥योको मिडियाबाट थाहा पाउँदा एकदमै खुसी ब्यक्त गर्दै पार्टीलाई धन्यवाद दिएका छन्।













