हेटौँडा – बागमती प्रदेशकी नवनिर्वाचित उपसभामुख अप्सरा चापागाईंले सपथग्रहण गरेकी छन् । मंगलबार हेटौँडामा सपथग्रहण समारोहमा बागमती प्रदेशका सभामुख भुवन पाठकले उपसभामुख चापागाईंलाई सपथग्रहण गराएका हुन् ।
सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेकी चापागाईं सोमबार उपसभामुखमा ६१ मत सहित निर्वाचित भएकी थिइन् । एमाले नेता समेत रहेकी उनि ललितपुर जिल्लाबाट समानुपातिक सांसदमा निर्वाचित भएकी हुन् ।















