धनगढी- कैलालीमा खसी चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–४ को कौवापुरबाट खसी चोरेर भागेका प्युठानको मल्लरानी गाँउपालिका–४ बस्ने ४५ वर्षीय नारायण पुनमगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय लम्कीमा खसी चोरी लगेको भन्ने निवेदन परेपछि खोजतलासका क्रममा पुनमगरलाई खसीसहित पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















