कञ्चनपुर- कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले कृष्णपुर थारु समुदायको बाहुल्य रहेको नगरपालिका भएकोले सिकलसेल एनिमिया तथा थाइलेसिमियाका बिरामीको लागि विशेष स्वास्थ्य प्याकेज ल्याउने बताएका छन् ।
बिहिवार नगरपालिकाको वडा न ६ मा सिकलसेल एनिमिया तथा थाइलेसिमियाको परीक्षण पश्चताको रिपोर्ट वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख ओझाले कृष्णपुर नगरपालिकाको कुल जनसंख्याको ३७५ जनसंख्या थारु समुदाय रहेकोले सिकलसेल एनिमिया तथा थाइलेसिमिया रोगले विकराल रूप लिइरहेको हुँदा यसले कालान्तरमा थारु समुदाय नै लोप हुने अवस्था आउन सक्ने भन्दै आफू यसबारे चिन्तित रहेको बताए ।

नगरप्रमुख ओझाले आफू निर्वाचित अघि नै सिकलसेल एनिमिया तथा थाइलेसिमियाको बारे जानकार रहेको र धेरै जना यो रोग सम्बन्धी रोगका व्यक्ति सम्पर्कमा आएको बताउँदै अब छिट्टै सिकलसेल एनिमिया तथा थाइलेसिमिया सम्बन्धी नगरपालिकाले विशेष योजनाका साथ छुट्टै युनिट नै खडा गरेर काम गर्ने बताएका हुन् । उनले यस क्षेत्रका भुमिपुत्रलाई जोगाउनु हामी अबैको दायित्व रहेको भन्दै यो रोग निराकरणका लागि सबैले आ९आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।
सिकलसेल एनिमिया तथा थाइलेसिमियाका रोग विशेष गरी पश्चिम तराईका थारु समुदायमा मात्र लाग्ने गरेको पाइन्छ । यो रोग लागेपछि शरीरमा रगतको मात्रा कमि हुँदै अकालमै मृत्यु वरण गर्नुपर्ने अवस्था आइरहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका फोकल पर्सन सिद्ध राज भट्टले बताए । भट्टका अनुसार सिकलसेल एनिमियामा ट्रायल र डिजिज दुई प्रकार हुन्छ ।

ट्रायल भन्नाले रोगका सामान्य लक्षण देखिएको र डिजिज भन्नाले रोगले च्यापिसकेको र अनिवार्य उपचार गर्नुपर्ने बुझिन्छ । फोकल पर्सन भट्टले यो वंशाणुगत रोग भएकाले सिकलसेल एनिमिया तथा थाइलेसिमियाको ट्रायल फेज देखिए विवाह गर्ने उमेर भएका युवायुवतीले ट्रायल९लक्षण० नभएकासँग विवाह गर्दा यो निराकरण हुने भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।
गत कार्तिकमा कृष्णपुर नगरपालिकाको वडा न छ ६ मा सिकलसेल एनिमिया तथा थाइलेसिमिया रोग सम्बन्धी शिवर लगाएको र उक्त शिविरमा ४०१ जना व्यक्तिको रगत परीक्षण गर्दा ७२ जनामा सिकलसेल एनिमिया तथा थाइलेसिमियाका लक्षण देखिएको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह विष्टले बताए । कृष्णपुर नगरपालिका वडा न ६ का अध्यक्ष बाबुराम चौधरीले आफ्नो समुदाय सिकलसेल एनिमिया तथा थाइलेसिमिया रोगबाट जोखिम रहेको भन्दै सरोकारवाला सबैले यसको निराकरणका लागि ध्यान दिनुपर्ने बताए ।













