काठमाडौं – नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १०१ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका एक हजार ६२१ नमुनामा संक्रमण देखिएन ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २० जनाको मृत्यु भएको छ ।
यो अवधिमा देशभर दुईजना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८९ हजार ३० पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।













