काठमाडौं – के तपाईँले कुनै फेसबुक साथीको स्टोरीमा झुक्किएर इमोजी रियाक्ट गर्नुभएको छ रु वा एउटा इमोजीको सट्टामा अर्को अर्थ लाग्ने इमोजी पठाउनु भएको पो छ कि रु त्यस्तो अवस्थामा के गर्नुहुन्छ रु
यदि आफ्नो रियाक्सन तत्काल हटाउन चाहनुहुन्छ भने यो सम्भव छ । फेसबुक पोस्ट वा मेसेजमा रियाक्सन हटाउन मिलेजस्तै फेसबुक स्टोरीमा पनि रियाक्सन हटाउन सकिन्छ । आज हामी यही विषयमा जानकारी दिँदैछौंस्
-सबैभन्दा पहिले मोबाइलमा फेसबुक एप होल्नुहोस् ।
-अब रियाक्सन हटाउन चाहेको साथीको फेसबुक स्टोरीमा जानुहोस् ।
-त्यसपछि दायाँपट्टि माथि रहेको थ्री डट (…)मा ट्याप गर्नुहोस् ।
-अब त्यहाँ ‘Undo sent reactions’ अप्सनमा ट्याप गर्नुहोस् ।
-तपाईंले पठाएका रियाक्सनहरु देखिन्छन् । साथमा ‘Undo all of your reactions to this story?’ भनेर प्रश्न सोधिन्छ । तलपट्टि रहेकाे ‘Undo’ अप्सनमा ट्याप गर्नुहोस् ।
-यति गरेसँगै झुक्किएर पठाएको इमोजी तत्कालै वा सम्बन्धित फेसबुकले साथी हेर्नुअघि हटाउन सकिन्छ ।टेकपाना













