काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरले तठस्थ भएर आफ्नो कार्यकालमा काम गर्ने बताएकी छिन्। शनिबारबाट प्रतिनिधिसभाबाट उपसभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सो कुरा बताएकी हुन्।
‘इमानदारीताका साथ तठस्थ भएर, सभामुखसँग सहकार्य गरेर सहजीकरण गर्ने। मर्यादित गर्ने र सुसंस्कृत गर्ने काम गर्छु,’ उनले भनिन्।
पार्टीले आफूलाई दिएको जिम्मेवारीलाई ध्यानमा राख्दै सधैं तठस्थ हुने उनले बताइन्। ‘सर्वदलीय टिममा म एउटा आमा बनेको छु,’ उनले भनिन्, ‘सबै माननीयहरुले मलाई आमा भन्नुहुन्छ। त्यसकारण पनि सबैको पक्षमा म तठस्थ भएर बस्नेछु।’
उपसभामुखले धेरै काम गर्नुपर्ने रहेछ भन्ने लागेको पनि उनले बताइन्। ‘अहिले छोटो अनुभवमा छु। जुन मैले बाहिरबाट सुनेको थिएँ त्यो मात्र होइन धेरै काम गर्नुपर्ने छ भन्ने पनि छ।’ उनले भनिन्।













