भैरहवा । सीमामा कडाईगरेसँगै भारतबाट नेपाल भित्र्याइएका खसी सशस्त्र प्रहरीले बरामद गरेको छ । भन्सार छलेर नेपाल आयात गरिएका खसी सशस्त्र प्रहरी बल नेपाल बिओपी बयरघाटले नियन्त्रणमा लिई भन्सार पठाएको हो ।अवैध रुपमा मासुजन्य बस्तुको आयातमा थप कडाई गर्न गृहमन्त्रालयले निर्देशन गरेसँगै सशस्त्र प्रहरी सक्रिय रुपमा ती बस्तुहरु पक्राउ गरिरहेको छ ।
भारतबाट भित्रिएका मासुजन्य पशुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै गृह मन्त्रालयले अवैध रुपमा नेपाल भित्रिने त्यस्ता बस्तुकोे आयात रोक्न सरोकारवालव निकायलाई निर्देशन गरेको थियो । भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपालिका १२ कालिदह आज्मा क्षेत्रबाट सशस्त्र प्रहरी निरिक्षक तेजराज शर्माको कमाण्डले ७ वटा खसी बरामद गरेको हो ।
व्यवसायिक प्रयोजनका लागि अवैध रुपमा खुला सीमा नाका हुँदै लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा करिब २ लाख रूपैयाँ बराबरको खसीबोका बरामद गरी भन्सार पठाइएको सशस्त्र प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।















