काठमाडौं- खानेपानी मन्त्री अब्दुल खानले पदभार ग्रहण गरेका छन्। आफूले रोजेको मन्त्रालय नपाएपछि पदभार ग्रहण नगरी बसेका मन्त्री खानले अन्ततस् सोही मन्त्रालय सम्हालेका छन्।
जनमत पार्टीबाट बिनाविभागीय मन्त्री बनेका खानले माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए। तर, रोजाइ अनुसारको मन्त्रालय नपाएको भन्दै शपथ लिएको दिन उनी मन्त्रालय गएनन्। जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दाबी गरेको थियो।















