धनगढी- सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले) को सम्पूर्ण जिम्मेवारी परित्याग गर्नु भएको छ। आफूले सुदूरपश्चिम प्रदेश सभाको उपसभामुखमा जिम्मेवारी पाएकोले आफ्नो पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उनले प्रेस विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिइन् ।
आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन उपसभामुखको जिम्मेवारीमा रहँदासम्म एमालेको राजनीतिक र सांगठनिक जिम्मेवारीमा नरहने उनले प्रेस विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
नेकपा (एमाले) का चौधरी सत्तापक्ष दल नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा प्रदेश सभाको उपसभामुखमा निर्वाचित हुनुभएको हो। उनी समानुपातिकतर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् ।















