• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

फोहोरलाई छुट, तरकारीमा कर

  •   बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले महाकाली नदीमा विसर्जन गरिने फोहोर अन्यत्र व्यवस्थापन गर्न स्थानीय पालिकासँग पहल गर्ने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कार्यालय प्रमुखको बैठकमा फोहोर व्यवस्थापनका विषयमा छलफल भएको र त्यसैबाट स्थानीय पालिकासँग छलफल गर्ने निर्णय भएको बताए । उनले विशेष गरी महाकालीको सीमा क्षेत्रका स्थानीय तहमा भित्रिने प्लास्टिक र मदिराका सिसी व्यवस्थापनका विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए ।

नपाल–भारत सीमा नदीका रूपमा रहेको महाकाली नदीमा नेपाल र भारततर्फका शौचालयका ढल, प्लास्टिकका झोला र मदिराका खाली सिसी बोतल थुप्रिन थालेपछि ‘नेपाल र भारतको डम्पिङ साइट बन्दै महाकाली’ शीर्षकमा गोरखापत्रमा समाचार प्रकाशित भएको थियो । त्यसै आधारमा जिल्ला कार्यालय बैतडीले पहल थालेको हो ।

नेपालमा प्लास्टिकका कालो झोला प्रतिबन्धित भए पनि बैतडीमा सबैभन्दा बढी भित्रिने वस्तुमा त्यही छ । स्थानीय तहमा सडक पुगेपछि मदिरा, कोकाकोला र प्लास्टिकमा पोका पारिएका तयारी खाना अझ बढी भित्रिने गरेका छन् । स्थानीय सरकारले त्यस्ता बहुराष्ट्रिय कम्पनीले उत्पादन गरेका त्यस्ता वस्तु निर्बाध रूपमा भित्रिन दिने गरेको तर स्थानीय कृषि उपजमा भने कर लगाएका छन् । किसानले खसीबोका र तरकारी बेच्दा निकासी कर लिने गरेको किसानको गुनासो छ ।

बैतडीको पाटन नगरपालिकाले अनारखोली सीमानाकामा ढाट राखेर खसीबोका, आलु, मह, दाल, मकै र तरकारीमा निकासीमा कर लिने गरेको छ । ८० क्विन्टल आलु बेच्दा नगरपालिकालाई आठ हजार रुपियाँ निकासी कर तिरेर बजार पु(याउनु परेको पाटन नगरपालिका–९ का किसान मोहन बिजलले बताउनुभयो । उनले आर्गानिक तरकारी बेच्दा नगरपालिकाले अझ बढी कर लिने गरेको बताए ।

मदिरालगायत पत्रुखाना लिएर भित्रिने कम्पनीका गाडी गाउँगाउँ पुग्दा स्थानीय तहले न्यून शुल्क लिने तर किसानले गाउँबाट तरकारी बेच्न जाँदा ढाट तेस्र्याएर किसानको ढाड सेक्ने गरी चर्को कर लिने गरेको उनले गुनासो गरे ।

१० स्थानीय तह र ८४ वडा रहेको बैतडीका स्थानीय सरकारले हरेक वडामा सडक पु(याउने अभियान नै सुरु गरेका छन् । पालिकाले आफ्नै डोजर किनेर सडक निर्माण गरेपछि गाउँमा कोकाकोला र मदिरा मात्रै भित्रिने गरेको स्थानीयवासीले बताएका छन् । कोकाकोला र मदिरा बेच्न आएका गाडी रित्तै फर्किन्छन् । स्थानीय उत्पादनमा जोड दिएर किसानमुखी कार्यक्रम ल्याएर रित्तो गाडीमा कृषि उपज दिन सक्ने गरी स्थानीय सरकारले काम गर्नुपर्ने जिल्ला समन्वय समिति बैतडीका समन्वय अधिकारी नरेन्द्रप्रसाद अवस्थीले बताए ।

सडकको उद्देश्य मदिरा मात्रै भित्र्याउने नभए पनि गाउँमा सडक पुगेपछि स्थानीय वस्तु उत्पादनमा किसानलाई सहुलियत दिएर गाडीमा भित्रिने प्लास्टिकजन्य वस्तु व्यवस्थापन गर्न स्थानीय सरकारले पर्यावरणसम्बन्धी नीति बनाउनुपर्ने उनले बताए । नदीमा जथाभावी फोहोर फाल्नु राम्रो विषय नभएको उनले बताए ।

बैतडीको शिवनाथ गाउँपालिकामा छवटा वडा रहेको छ तर मदिराको कारोबार गर्ने ८४ वटा व्यवासायी छन् । यो प्रतिनिधिमूलक उदाहरण मात्रै हो, बैतडीका ८४ वडामध्ये हरेक एक वडामा सातदेखि १० वटासम्म मदिराका पसल छन् । घरेलु तथा साना उद्योग कार्यालय बैतडीको तथ्याङ्कअनुसार बैतडीमा करिब पाँच हजार मदिरा पसल दर्ता छन् । चालू आव २०७९÷८० को साउनदेखि पुससम्म २३ वटा थप नयाँ मदिरा पसल दर्ता भएको कार्यालयका सूचना अधिकारी लक्ष्मणकुमार साउदले जानकारी दिए ।

स्थानीय तहमा त्यसरी भित्रिने प्लास्टिक र सिसाका बोतल व्यस्थापन नहुँदा स्थानीय खोलानाला हुँदै महाकाली नदीमा मिसिने गरेको हो । बैतडीको दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाले त टिप्पर प्रयोग गरेरै फोहोर खोलामा फाल्ने गरेका छन् । अन्य स्थानीय तहमा प्लास्टिक र खाली सिसी जथाभावी फालिएका भेटिन्छन् । गोरखापत्रबाट

 

  • तरकारीमा कर
बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.