• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ५. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ६. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ७. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ८. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

बगर खेतीमा रमाउँदै कैलालीका किसान

  •   शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित

धनगढी- नेपाल–भारत सीमाना हुँदै बग्ने मोहना नदीले हरेक वर्ष कैलालीका किसानको खेतीयोग्य जमिन कटान गर्दै बगरमा परिणत गरिदिन्छ । नदीले धार परिवर्तन गर्दै नेपालतिरको जमिन कटान गर्दै जाँदा नम्बरी जमिन पनि नदी पारीसम्म पुग्छ । बगर बनेको जमिन बाह्रै महिना प्रयोग गर्न नपाए पनि किसानहरू यो समयमा भने बगरलाई तरकारी बारी लगाएर हरियाली बनाउँछन् । जसले उनीहरूलाई केही राहत दिन्छ । उनीहरू बगरखेतीबाट मासिक ३० देखि ५० हजार रुपैयाँसम्म कमाउने गरेको बताउँछन् ।

बगरमा परिणत भएको छिमेकीको जमिनलाई सदुपयोग गर्दै स्थानीय किसानहरूले राम्रो आम्दानीको स्रोत बनाइरहेका छन् । हिउँदे तरकारी बाली लगाएर लगानी अनुसारको फल प्राप्त भइरहेको कैलालीको धनगढी उपमहागनरपालिका १० की प्रमिला बखरियाले बताइन् । ‘बाह्रै महिना बगरमा खेती हुँदैन, हिउँदमा मात्रै हुने गर्छ,’ उनले भनिन् ‘यसमा समय अनुसारको सबै तरकारी लगाएका छौँ ।,’ उनले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरभुजा, खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आएकी छन् ।

हिउँदमा नदीको क्षेत्रफल साँघुरिने हुँदा बचेको बगरमा नै किसानहरू तरकारी एवम् विभिन्न किसिमका हिउँदे बाली लगाउने गर्छन् । कम खर्चमा राम्रो उत्पादन हुने भएकाले सदुपयोग हुन नसकेको बगरलाई बारीमा परिणत गर्ने किसानको संख्या बढ्दै गएको छ ।

धनगढी उपमहागनरपालिका वडा नम्बर १० जुगेडाका भग्गु राना पनि तीन वर्षदेखि बगर खेती गर्दै आइरहेका छन् । उनले बारीमा काँक्रा, लौका, फर्सी, करेला, प्याज, खरभुजा, खुर्सानी, तरभुजालगायतका तरकारी उत्पादन गर्दै आएका छन् । ‘बगरमा हुने सबै खाले तरकारी लगाएका छौँ, कम खर्चमा राम्रो उत्पादन हुन्छ,’ उनले भने । कुनै समय धान तथा गहुँ फल्ने जमिनलाई नदीले धार परिवर्तन गर्दै बगर बनाइदिएपछि त्यसैमा हिउँदे बाली लगाएर किसानहरूले सदुपयोग गरिरहेका हुन् ।

जुगेडाकै माया रानाले पनि ७ वर्षदेखि बगर खेती गर्दै आएकी छिन् । ‘मोहनाले खेत सबै बगाएपछि धान रोप्न पाएनौँ वर्षौंदेखि बाँझो रहेको बगरमा तरकारी लगाउने गरेका छाैँ,’ उनले भनिन्, ‘आम्दानी राम्रै भइरहेको छ ।’

किसानहरूले बगरमा फलाएको तरकारी धनगढीको हाट बजार लगायत कैलालीका विभिन्न क्षेत्रमा पुग्ने गरेको छ ।बजारको कुनै समस्या नरहेको उनीहरूको भनाइ छ । बगरमा विगतमा आफ्नो जमिन भएका मात्रै नभई अन्य किसानहरूले पनि भाडामा लिएर पनि तरकारी उत्पादन गरिरहेका छन् । अनारकली रानाले पनि अरुकै जग्गामा विगत १० वर्षदेखि तरकारी फलाउँदै आएकी छन् ।

छोटो समयमै हुने उत्पादनमा राम्रो प्रतिफल प्राप्त हुने हुँदा पछिल्लो समय बगर खेतीमा किसानको आकर्षण बढ्दै गइरहेको छ । ‘जग्गावालालाई केही रकम र उत्पादन भएको तरकारी दिन्छौँ’, उनले भनिन्, ‘उनीहरूले पनि हामीलाई सहजै आफ्नो जमिन दिन्छन् ।,’ बगरमा तरकारी लगाउन र हेर्नलाई समस्या हुने हुँदा सबैले यो खेती गर्दैनन् । तर केहीले बगरमै साना टहरा बनाएर पनि यसमा काम गरिरहेका छन् ।

विगतमा सीमा क्षेत्रका नदी किनारका बगरखेतीमा विशेष गरेर भारतीय किसानहरूले तरकारी खेती गर्दै आएका थिए । अहिले नेपालीहरू पनि बगर खेतीमा आकर्षित हुँदै जाँदा भारतीयहरू विस्थापित हुन थालेका छन् । मंसिर पुसदेखि लगाउन सुरु हुने बगर खेतीको उत्पादन जेठसम्म हुने गर्छ ।

 

  • बगर खेती
शुक्रबार, माघ १३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह
भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग
संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने
धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक
घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

समाचार

सबै

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

रामारोशन,बडिमालिका र खप्तडको विकासले आर्थिक समृद्धिको आधार तय गर्न सकिन्छ : निवर्तमान मुख्यमन्त्री शाह

भोटेकोशी बाढी प्रभावितलाई वाईसीएल सुदूरपश्चिमको एक लाख सहयोग

संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

धनगढीमा सार्वजनिक स्थलको नाम जथाभावी परिवर्तन गर्न रोक

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ६ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ५.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ६.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.