काठमाडौं- सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा गरेको फैसलाप्रति धरानका मेयर हर्क साम्पाङले असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार फैसला आएपछि फेसबुकमा स्टाटस लेख्दै उनले जनताको अदालतले गरेको फैसलालाई सत्य मान्नुपर्ने बताएका हुन् ।
‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर रु हि इज नेपाली सिटिजन,’ उनले लेखेका छन्, ‘सर्वोच्च अदालत भन्दा ठूलो हुन्छ जनको अदालत ! नेपाली जनतालाई सोधौं, रवि नेपाली हुन् कि होइनन् ? जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्छ ।’















