धनगढी । कैलालीमा साहारा घरमा बस्दै आएका एक युवकको मृत्यु भएको छ । बर्दगोरिया गा.पा. २ स्थित साहारा घरमा बस्दै आएका अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार नाम थर खुल्न नआएका मानसिक अवस्था ठिक नभएका ती युवक मृत फेला परेका हुन् ।
आइतबार दिउँसो १ः३० बजे उनी मृत भेटिएको भनी साहारा घरका सञ्चालक बल बहादुर विष्टले प्रहरी कार्यालयमा जानकारी गराएका थिए । अहिले उक्त स्थानमा प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमान्डमा ४ जना प्रहरी टोली खटिएका र घट्नाबारे थप अनुसन्धान भइरहेको छ ।















