काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई गृहमन्त्रालय नदिने अडान राखेका छन् ।
मंगलबार बिहान बालुवाटारमा रास्वपाका सभापति रवि लामिछानेसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्रालय तात्काल नदिने संकेत गरेको स्रोतले बताएको छ ।
प्रधानमन्त्री प्रचण्ड लामिछानेको राहदानी प्रकरण नसकिएसम्म उनलाई गृहमन्त्रालय नदिने अडानमा रहेका छन् । तर सर्वोच्चको आदेशपछि नागरिकता प्राप्त गरेका लामिछाने पुनस् सरकारमा फर्किन आतुर देखिएका छन् ।
लामिछानेले प्रधानमन्त्री प्रचण्डसँगको भेटमा तत्काल आफ्नो पार्टीले गृहमन्त्री नपाएमा सरकारबाट बाहिरिने चेतावनी दिएको बुझिएको छ ।लामिछानेले आइतबार साँझ पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।













