धनगढी – नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई कैद भुक्तान लागि कारागार चलान गरिएपछि उनको रिहाईका लागि राके जुलुस निकालिएको छ । सांसद चौधरलाई रिहाई गर्नुपर्ने माग गर्दै राके जुलुस निकालिएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले करिव २ सयको संख्यामा जुलुस निकालिएको बताए ।
कैलालीको लम्कीचुहामा १ जेसिस हलबाट नागरिक उन्मुक्ति पार्टिका सांसद रामेश्वर चौधरीको नेतृत्वमा करिव दुई सय जनाको संख्यामा आएका उनीहरुले अहिले राका जुलुस निकालेका छन् । उनीहरुले सांसद अरुणकुमार चौधरीलाई छोड्नुपर्ने भन्दै ¥यालि गरिरहेका हुन् ।
उक्त स्थानमा प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहिको कमाण्डमा ४५ जनाको टोलि खटिएको डिएसपी जोशीले बताए ।















