धनगढी – कैलालीमा प्रहरीले फरार व्यक्ति खोज्न जाँदा पेस्तोल र गोली फेला पारेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ११ मा इलाका प्रहरी कार्यालय सुखड र प्रदेश प्रहरीको आईआरटी बाट खटिएको प्रहरी टोलीले विजय कठरियाको घरबाट पेस्तोल र गोली बरामद गरेको हो ।
वन मुद्दामा जिल्ला अदालत कैलालीबाट दोषी भएर फरार भएका चौधरी अहिले सम्म पक्राउ परेका छैनन् । बरु उनकै घरबाट प्रहरीले पेस्तोल र गोली भने बरामद गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।















