धनगढी- धनगढीमा प्रहरीले एक जना होटल व्यवसायी महिलालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले बिहीबार दिउँसो इन्द्रेणी होटलकी सञ्चालक ४० वर्षीया राधिकादेवी विष्टलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी धनगढी उपमहानगरपालिका ४ की स्थानीय हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले कुटपिट मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेर एक महिना कैद सजाय सुनाइएकी विष्टलाई पक्राउ गरिएको जानकारी दिए । उनी प्रहरीको फरार प्रतिवादीको सूचीमा रहेकी थिइन् । विष्टलाई २०६३ सालमा जिल्ला अदालतले विष्टलाई कुटपिट मुद्दामा एक महिना कैद र ६ सय रुपैयाँ जरिवाना सुनाएको थियो ।















