धनगढी- सुदूरपश्चिम प्रदेशकका पुर्व आन्तिरिक मामिला मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रणबहादुर रावलले बंलादेशमा नेपाली हिमालयको जैविक श्रोतका बारेमा प्रमुख वक्ताको रुपमा प्रस्तुति दिएका छन् । फागुन १५ गते भएको बंगलादेशको राजधानी ढाँकामा भएको कार्यक्रममा उनले आफ्नो प्रस्तुति दिएका हुन् ।
बंगलादेश बिश्वविद्यालयको वातावरण विज्ञान बिभागको पर्यावरण क्लबले आयोजना गरेको विश्व समाजको लागि नेपाली हिमालयको जैविक श्रोत“ बिषयक सम्मेलनमा डा. रावलले आफ्नो बिचार व्यक्त गरेका छन् । विश्व समुदायमा नेपालले जैविक विविधतामा पुगाएको योगदान सहित अबको बाताबरणीय प्रभावका बारेमा उनले प्रकाश परेका थिए । डा. रावललाई प्रमुख बक्ताका रुपमा उत्त कार्यक्रममा बोलाईएको थियो ।
कार्यक्रममा डा. रावलले नेपालको प्राकृतिक स्रोत, हिमाल र यहाँका जैविक बिविधताका बारेमा सहभागिलाई प्रकाश पारेका थिए । कार्यक्रममा विश्वविद्यालयका प्रध्यापक, बिभिगिय प्रमुख, बिद्यार्थी र नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो ।
डा. रावल बिभिन्न देशमा जैविक बिविधता र पर्यावरणका बारेमा प्रशिक्षण दिईरहेका व्यक्ती हुन् । यस्तै गरेर नेपालको जैबिक विविधताका बारे बिश्वका बिभिन्न देश अमेरिका भारत, चिन, कोरियाका विश्वविध्यालयहरुमा समयमा सेमिनार दिदै आएका छन् ।













