धनगढी – कैलालीमा लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिकामा छुट्टाछुट्टै स्थानबाट लागू औषध सहित तीन जना पक्राउ परेका हुन ।
लागु औषध सहित पक्राउ पर्नेमा गोदावरी नगरपालिका–६ का २४ वर्षीय जयकिशन चौधरी, गोदावरी नगरपालिका – ५ बिजैराका ३२ वर्षीय केन्द्र चौधरी र गोदावरी नगरपालिका – ६ भुयराका ३१ वर्षीय विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यूपी २० बीएम ६८०७ नम्बरको भारतीय कार जाँच गर्ने क्रममा जयकिशनलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको हो । उनको साथबाट लागू औषध खैरो हेरोइन १ सय ८० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले चौधरी र विष्णुको साथबाट लागू औषध खैरो हेरोइन १ ग्राम ८ सय ३० मिलिग्राम बरामद गरिएको जनाएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको गरेको हो ।













