डोटी – डोटी र कैलाली जोड्ने तेल्पारा कप्तडी झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ र कैलालीको चुरे गाउँपालिका वडा नम्बर १ जोड्ने झोलुङ्गे पुलको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बुधवार एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
ठुलीगाड माथि झोलुङ्गे पुल निमार्ण हुँदा कैलाली र डोटीको क्षेत्र जोडिन सहज हुनुका साथै आम नागरिकलाई आवत जावतमा सहज हुने अध्यक्ष ओझाले बताए ।
वर्षाको समयमा ठुलीगाडबाट आवात जावत गर्न सकिँदैन, नजिकमा पुल छैनन् अब सबैलाई सहज हुने उनले बताए ।
समुदाय, गाउँपालिका र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम टि.बी.एस. यू.को आर्थिक सहयोग तथा केदार ग्रामीण विकास समाज नेपालको प्राविधिक सहयोगमा निमार्ण गरिएको झोलुङ्गे पुलको कुल ४१ लाख १५ हजार ८ सय ४३ रहेकोमा पुल निर्माण भएको हो ।
पुल उद्घाटन कार्यक्रममा दुवै स्थानीय तहका जनप्रतिनिधि, उपभोक्ता, स्थानीयवासी समाजसेवी बुद्धिजीवी सबैको सहभागिता रहेको थियो ।















