धनगढी- नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कैलालीको अध्यक्षमा भीम पडाल निर्विरोध निर्वाचित भएका छन् । संघको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले पडालको अध्यक्षतमा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा नरबहादुर नेगी, उपाध्यक्षमा योगेन्द्रबहादुर शाही, महासचिवमा सुनिल ओझा, सचिवमा निमप्रसाद मिश्र, कोषाध्यक्षमा गिता अधिकारी चयन भएका छन् ।
यस्तै जनकराज भट्टराई, घनश्याम ओझा, डिल्लीराज ओझा, खेमराज भट्ट, सुरबहादुर चन्द रुपकबहादुर विष्ट, खेमराज दाहाल, विपिन आचार्य र बासुदेव जोशी सदस्यमा चयन भएका हुन् ।
संघको साधारण सभा तथा अधिवेशनबाट पुस्तक तथा स्टेशनरी व्यवसायमा योग्दान पुर्याउँदै आएका व्यक्तिहरुलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक संयोजक खगराज भुषाल र पवन पुस्तक पसलका सञ्चालक वेदप्रकाश चुवाई लगायतकालाई प्रमाणपत्रसहित खादा ओढाएर सम्मान गरिएको छ।













