धनगढी- धनगढीमा एकल लोक गायन प्रतियोगिता सुरु भएको छ। राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान सुदूरपश्चिम र सामाजिक विकास मन्त्रालयकोे समन्वय तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको सहयोगमा धनगढीमा शनिवारदेखि प्रदेशस्तरीय एकल लोक गायन प्रतियोगिता सुरु भएको हो।
‘नव प्रतिभाको पहिचान, लोक संस्कृती संरक्षणका लागि हाम्रो अभियान’ भन्ने नारासहित आयोजना गरिएको प्रतियोगिताको उद्घाटन पूर्व राज्यमन्त्री टेकबहादुर रैका आउजीले गरे। प्रतियोगितामा सुदूरपश्चिमका ९ वटै जिल्लाबाट प्रतियोगी सहभागी छन्।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने छ। यस्तै दितीयलाई २० हजार नगद, ट्रफी र प्रमाणपत्र, तृतीयलाई १५ हजार नगद, ट्रफी र प्रमाणपत्र तथा सान्तोनालाई १० हजार नगद, ट्रफी र प्रमाणपत्र दिइने आयोजकले बताएको छ। गायन प्रतियोगिता कैलाली जनपुस्तकालयको हलमा भइरहेको छ ।















