• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, असोज ०४, २०८३
☰
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • ९. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • १०. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

सुदूरलाई चिनाउँदै शाह

  •   आइतबार, चैत ०५, २०७९ मा प्रकाशित

प्रकाश भट्ट, कञ्चनपुर – कैलालीको गोदावरी नगरपालिका ८ का स्थानीय भरत विक्रम शाह (फारवेस्टर्न राइडर) पछ्लिलो समय निकै चर्चामा रहेका छन्। सुदूरपश्चिमका विभिन्न पर्यटकीय स्थलहरूलाई भ्रमण गरी उनले बनाएका भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल जाने गरेका छन्।

सामाजिक सञ्जालमा फारवेस्टर्न राइडर नामले चिनिएका उनी गतवर्ष साइकलमा बडिमालिका पुगे त्यहाँ उनले बनाएका सुन्दर दृश्यको भिडियो तथा तस्बिरहरू सामाजिक सञ्जालमा दर्शकहरूले खुब मन पराए। साइकल लिएर बडिमालिका पुगेका शाहकै भिडियो र तस्बिर हेरेर सयौँ व्यक्ति यहाँ पुग्न थाले । सञ्जाल भरि बडिमालिकाको चर्चा हुन थाल्यो ।

४ हजार २ सय मिटर उचाइमा रहेको बडिमालिका मन्दिरमा साइकल पुऱ्याएको उनको भिडियोले धेरै दर्शकहरूलाई त्यहाँ जान प्रेरित गर्यो। ४२ वर्षीय शाह धनगढीबाटै साइकल यात्रा गरेर खप्तड, डडेल्धुराको आलिताल, डोटीको बडिकेदार, कञ्चनपुरको शुक्लाफाँटा, दोधारा चाँदनी, लिङ्गा लगायत थुप्रै ठाउँमा धेरै पटक पुगेका छन्।

उनले त्यहाँको विशेषता सहितको जानकारीमूलक फोटो भिडियोहरू सञ्जालमा हालेर अरुलाई पनि त्यहाँ पुग्न प्रेरित गर्छन। साइकल यात्रा थालेको ८ वर्षको अवधिमा शाहले देशभित्रका मात्रै नभएर भारत, अमेरिका, युरोप, अस्ट्रेलिया, जापान, कोरिया, क्यानाडा लगायत विभिन्न देशका धेरै साइकल यात्रीलाई सुदूरपश्चिम घुमाइसकेका छन् ।

शाहले आफ्नै लगानीमा साइकल यात्रा गर्ने कतिपय विदेशी यात्रीलाई महिनौं सम्म आफ्नै घरमा राखेर निशुल्क खाना तथा बस्न सहयोग समेत गर्ने गरेका छन्। सुदूरपश्चिमका सबै ठाउँ पुगिसकेपछि यहाँका फोटो भिडियो लिएर विश्व साइकल यात्रा गर्ने योजनामा रहेको उनी बताउँछन्। उनले भने, ‘कर्णाली पारी पनि एउटा सुन्दर संसार छ भनेर विश्वलाई चिनाउनु छ ।

विश्व साइकल यात्राका क्रममा समग्र सुदूरपश्चिमका ९ जिल्ला समेट्ने डकुमेन्ट्री बनाइ आफूले जाने ठाउँमा देखाएर कर्णाली पारी पनि एउटा सुन्दर संसार छ भनेर विश्वलाई चिनाउने उद्देश्य रहेको उनी बताउँछन्। सुदूरको साहसिक पर्यटन मोटर बाइकिङ, माउन्टेन बाइकिङ, प्याराग्लाइडिङ, बज्नी जम्पिङको सम्भावना तथा त्यसको बारेमा बुझ्ने उद्देश्य समेत रहेको उनले बताए।

सुदूरपश्चिमलाई राम्रो सँग हेर्ने तथा बुझ्ने उद्देश्य बोकेका शाह सुदूरपश्चिमका ९ ओटै जिल्लाबाट पर्यटन सम्बन्धी फोटो तथा भिडियोग्राफीमा लागेका युवाहरूलाई समेटेर ठूलो टीम बनाइ सुदूरका पर्यटकीय स्थलहरू खोजेर सामाजिक सञ्जालमा राखेर सुदूरका पर्यटकीय स्थललाई संसार सामु चिनाउने तयारीमा रहेको उनी बताउँछन्। उनले भने ‘सुदूरपश्चिमका सबै जिल्लाका सबै पालिकाहरू सँग जोडिएर आफ्नो स्थानीय पर्यटनलाई उहाँले कसरी बुझ्नुभएको छ, स्थानीय पर्यटनलाई कसरी अगाडि लैजाने तयारीमा हुनुहुन्छ यो कुराहरू म बुझ्ने गइरहेको छु।’

शाहले सुदुरपश्चिम यात्रामा सहयोग गर्ने सुदुरपश्चिममै बनेको जापनीज बाइक एरोमा जेट तथा आरोग्य मोटर्सलाई धन्यवाद समेत दिएका छन्। यात्राका क्रममा शाहले यात्रा गर्दा के कस्तो सावधानी अपनाउने जस्ता सावधानीका सुझावहरु समेत भिडियोमा प्रस्तुत गर्ने गरेका छन्। शाह समाजमा रहेका दिन दुःखीहरुलाई समेत आफूले सकेको सहयोग गर्दै आइरहेका छन्।

  • चिनाउँदै शाह
आइतबार, चैत ०५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप
सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ
रास्वपाले के–के गर्‍यो निर्णय ?
माइक्रो गुडिरहेकै अवस्थामा आगलागी
भोटेकोशी बाढी : एक हजार ४३६ शव भेटिए
नवउद्यमी सम्मेलन गर्दै कैलाली बहुमुखी क्याम्पस

समाचार

सबै

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

सरकारी जागिर लगाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

रास्वपाले के–के गर्‍यो निर्णय ?

माइक्रो गुडिरहेकै अवस्थामा आगलागी

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ६.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.