धनगढी- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले चाँडै पूर्णता पाउने बताएका छन् । धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले अबको एक साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका हुन् ।
अहिलेको गठबन्धनले मूर्तरूप लिएको बताउँदै उनले अब जसपा पनि सरकारमा सहभागी हुने बताए । ‘नेकपा एमाले सहितको गठबन्धनका बेला सरकार कुन दिशामा अगाडि बढ्छ भन्ने अन्योल कारण सरकारमा सहभागी भएको थिएन,’ उनले भने, ‘अब जसपा पनि सरकारमा सहभागी हुन्छ ।’
नेता यादवले सबैको सल्लाहबमोजिम मन्त्री सिफारिस गरिने बताए । साथै उनले जनता समाजवादी पार्टीले कम्युनिस्ट आन्दोलन त्यागेर समाजवादतर्फ उन्मुख भएको समेत बताए ।















