धनगढी- बैतडीमा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका वडा नं. ६ भूमीराज मुडेलीका २३ बर्षीय लोकेन्द्र साउँदको भीरबाट लडेर मृत्यु भएको हो ।
सोमबार राति घर आउने क्रममा भीरबाट लडेर साउँदको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन३ । उनी भीरबाट ५० मिटर तल खसेका थिए । मृतक साउँदको घरमा १० महिने छोरा र श्रीमती छन् ।















